भदौ १ देखि कर्पोरेट क्रिकेट प्रतियोगिता सुरू हुने

काठमाडौँ - भेट्रान्स फोर्टी प्राइभेट लिमिटेडको आयोजनामा आगामी भाद्र १ गतेदेखि सुरु हुने कर्पोरेट क्रिकेट प्रतियोगिता हुने भएको छ ।
भेट्रान्स फोर्टीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ललितपुरको ग्रेट हिमालय क्रिकेट एकेडेमी इन्डोर क्रिकेटमा भाद्र १ गतेदेखि कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना गर्ने जनाएको हो । कर्पोरेट क्रिकेटमा सहभागी २० टिमलाई चार समूहमा विभाजन गरिएको छ ।
जसअनुसार समूह एमा नेपाल बैंक, लक्ष्मी सनराईज बैंक, आईएमई ग्रुप, प्रभु बैंक, सालिको रहेका छन् । त्यस्तै समूह बीमा जगदम्बा एनआईसी एसिया, युनाईटेड अजोड, लुम्बिनी विकास बैंक, क्लाउड फ्याक्ट्री रहेका छन् भने समूह सीमा आईसीएफसी फाइनान्स, डोग्मा ग्रुप, सानिमा इन्स्योरेन्स, क्विस्ट फर्मा, नेपाल एसबीआई बैंक रहेका छन् ।
त्यस्तै समूह डी मा केआईईसी, राष्ट्रिय वाणिज्य बैंक, प्राईम बैंक, अम्बे ग्रुप र कर्मचारी सञ्चय कोष सहभागी रहेको आयोजकले जनाएको छ । समूहका शीर्ष दुई टोली क्वाटरफाइनल पुग्ने छन् । टी–१० संरचनामा हुने प्रतियोगिता विजेतालाई ट्रफी प्रदान गरिने बताइएको छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_scDERvAfr5_syyipfcr9ajiicf1sw6ephfrrykwtj6diu7rrk2lft1bxdrioi93xsbuxqhm.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया