फोगाटले पेरिस ओलम्पिकमा रजत पदक नपाउने

नयाँदिल्ली- विनेश फोगाटले पेरिस ओलम्पिकमा रजत पदक नपाउने भएकी छिन् ।
विश्व खेलकुदको मध्यस्थता अदालतले बुधबार अगस्टमा उनको अपील अस्वीकार गरेको जनाएको छ ।
फोगाट फाइनलअघि नै तौलका कारण अयोग्य घोषित भएको घोषणा गरिदिएपछि उनले खेलकुद अदालतमा याचिका दायर गरेकी थिइन । तर, उनको मुद्दाको सुनवाई १६ अगस्टमा फैसला हुने भनिए पनि उनको अपिल अगस्ट १४ गते नै खारेज गरिएको हो ।
यो निर्णयपछि भारतीय ओलम्पिक कमिटीकी अध्यक्ष पीटी उषाले असन्तुष्टि जनाएकी छन् ।
विनेशले महिला ५० केजी तौल समूहमा लगातार ३ खेल जितेर फाइनलमा स्थान बनाएकी थिइन् । फाइनल अगस्ट ८ मा हुने तय भएपनि खेलअघि नै ओलम्पिक कमिटीले विनेशको तौल १०० ग्राम ५० केजीभन्दा बढी भएकाले उनलाई अयोग्य घोषित गरेपछि उनी अदालत पुगेकी थिइन् ।

रोनाल्डोले क्लब विश्वकप नखेल्ने

नेपाल र स्कटल्याण्ड भिड्दै

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

प्रतिक्रिया