कोशी प्रदेशमा चुनौती बन्दै डेंगु नियन्त्रण

मोरङ- कोशी प्रदेशमा डेंगु नियन्त्रण चुनौतीका रूपमा देखापरेको चिकित्सक तथा स्थानीय निकायका पदाधिकारीहरूले बताएका छन् । बितेका चार महिनामा प्रदेशमा पाँच सय ८२ जना डेंगु सङ्क्रमित भएका छन् ।
प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा बुधबार साँझ आयोजित मोरङका स्थानीय तहका प्रमुख उपप्रमुख, सरोकारवालालगायतको सहभागितामा भएको डेंगु नियन्त्रणसम्बन्धी कार्यक्रममा उक्त जानकारी दिइएको हो । डेंगु लागेर एकजनाको मृत्यु भएको छ ।
यो प्रदेशमा साउन १ देखि २९ गते सम्ममा तीन सय ३४ जना सङ्क्रमित थपिएका हुन् । धनकुटास्थित स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार उक्त अवधिमा मोरङमा एक सय ९९, झापामा ३३, धनकुटामा ३२, सङ्खुवासभामा ३०, भोजपुरमा २५, ओखलढुङ्गामा १०, खोटाङमा तीन र तेह्रथुममा दुईजना सङ्क्रमित भएका छन् ।
मोरङको लेटाङ नगरपालिकामा सङ्क्रमितको सङ्ख्या तीन सय १० पुगेको उपप्रमुख कृष्णकुमारी निरौलाले बताए ।

जनता जागरुक र सचेत हुनुपर्छः मुख्यमन्त्री कँडेल

भक्तपुर नगरपालिकाको दुई अर्ब ४७ करोडको बजेट सार्वजनिक

१० महिनामा प्रदेश सरकारहरूले खर्च गरे १ खर्ब १७ करोड

योजना अनियमितता छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन

कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

लगातार अनुपस्थित भएपछि प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त

सुदूरपश्चिम प्रदेश सरकारले भूमिसम्बन्धी नीति ल्याउने

प्रतिक्रिया