झापामा मोटरसाइकल दुर्घटना : पैदलयात्री र चालकको मृत्यु

काठमाडौँ- झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मेचीनगर नगरपालिका–१३ कालीझोडास्थित पूर्वपश्चिम राजमार्गमा मे६प ८३२० नम्बरको मोटरसाइकले पैदलयात्रीलाई ठक्कर दिँदा भएको दुर्घटनामा पैदलयात्री र चालकको ज्यान गएको हो।
पैदलयात्री मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। तीव्र गतिको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकलमा सवार मेचीनग- ९ का २९ वर्षीय मन्दिप मेचे र २५ वर्षीय सागर मेचे घाइते भएका थिए। घाइतेमध्ये सागर मेचे र पैदलयात्री युवकको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो।
अर्का घाइते मन्दिप मेचेको बीएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तिम्ल्याहाले घरमै पाए नागरिकता

अवैध लागूऔषधसहित नौ जना पक्राउ

कोशी प्रदेशको पर्यटन प्रबर्धनका लागि देशका विभिन्न शहरमा रोड सो

झापामा डेङ्गी सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु

भोजपुरको दावा बजारमा खानेपानीको पहुँच

मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन्

प्रतिक्रिया