फरार पाँच जुवाडे पक्राउ

डडेल्धुरा- जुवा मुद्दामा फरार रहेका पाँच जनालाई डडेलधुरा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा अमरगढी नगरपालिका–१ मरौडाका ६५ वर्षीय गणेश चुनारा, ३७ वर्षीय उद्धव सार्की, अमरगढी–१ कै २८ वर्षीय दिपक कामी रहेका छन्। यस्तै अमरगढी नगरपालिका–२ का वीरेन्द्रबहादुर खडायत र भागेश्वर गाउँपालिका–५ का रुपाली बस्ने ३९ वर्षीय खगेन्द्र नाथलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
पाँचै जनालाई जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जुवा मुद्दामा पाँच हजार जरीवाना ठहर गरेपछि फरार रहेका थिए। उनीहरूलाई बुधबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

प्रतिक्रिया