गैरकानुनी रूपमा भित्र्याइएको साढे सात बढीको सामान बरामद

भद्रपुर (झापा)- स्थानीय प्रशासनले भन्सार छलेर भित्र्याइएका रु सात लाख ६७ हजार बराबरका मोबाइल सेट, जुत्ता, चप्पललगायतका समान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बरामद गरिएका समान मेची भन्सार कार्यालयलाई बुझाइएको बताए । बुधबार बेलुका बिर्तामोडको अदुवा खोलास्थित भारतमा दर्ता भएको गाडी जाँच गर्दा एप्पल कम्पनीका विभिन्न मोडलका प्रयोग भइसकेका विलविजक नभएका १२ थान मोबाइल बरामद गरिएको हो । गैरकानुनी काममा प्रयोग भएको गाडी र त्यसका चालक मेचीनगर नगरपालिका– १० का सुर मुखियालाई पनि भन्सार कार्यालय पठाएको छ ।
यसैगरी बुधबार नै मेचीनगर नगरपालिका–६ काँकडभिट्टा हुँदै भन्सार छलेर ल्याइएका तामाका जग, बालबालिकाका जुत्ता, चप्पल र ५५ किलो सुपारी पनि बरामद गरिएको जनाइएको छ ।

अवैध लागूऔषधसहित नौ जना पक्राउ

कोशी प्रदेशको पर्यटन प्रबर्धनका लागि देशका विभिन्न शहरमा रोड सो

झापामा डेङ्गी सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु

भोजपुरको दावा बजारमा खानेपानीको पहुँच

मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन्

प्रतिक्रिया