गृहको निर्देशनः लामो दूरीका सार्वजनिक यातायातले जीपीएस ट्रयाकिङ र सीसीटीभी जडान गर्नुपर्ने

काठमाडौँ - अब देखि सार्वजनिक यातायातले जीपीएस ट्रयाकिङ जडान गर्नु पर्ने भएको छ । गृह मन्त्रालयले सुरक्षित र भरपर्दो बनाउन यातायात व्यवसायीलाई ११ बुँदे निर्देशन दिएको छ । मन्त्रालयले बुधबार यातायात व्यवसायी राष्ट्रिय महासंघलाई पत्र लेख्दै सिमलताल घटना अध्ययन प्रतिवेदनको सुझाव कार्यान्वयन गर्न भनेको हो ।
यातायात व्यवसायीले यात्रुहरूलाई टिकट काटेरमात्र यात्रा गराउने, अनलाइन टिकट प्रणालीको विकास गर्ने तथा यात्रुको पहिचान खुल्ने कागजात लिएर मात्र यात्रा गराउने, सवारी साधनमा जीपीएस ट्याकिङ प्रणाली जडान गर्ने, सवारीमा सीसीटीभी र ट्रान्सपोण्डरको व्यवस्था गर्ने लगायतका ११ बुँदे निर्देशन दिएको हो ।
असार २८ गते नारायणगढ–मुग्लिङ सडक खण्डको भरतपुर महानगरपालिका वडा नम्बर २९ मा पहिरोले दुई वटा बस बगाएपछि गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

प्रहरीकै परीक्षामा ६ जना नक्कली परीक्षार्थी पक्राउ

प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित

अबैध १० लाख रूपैयाँसहित भारतीय नागरिक पक्राउ

हिउँ चितुवाको राष्ट्रिय सङ्ख्या अनुमान सार्वजनिक

आन्दोलनका कारण सर्वसाधारणलाई सास्ती

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

प्रतिक्रिया