मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

क्यान्सर अस्पतालका लेखा अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

फाइल तस्बिर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइरालाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

लेखा अधिकृत कोइरालाले औषधि आपूर्तिको बिल भुक्तानी दिए बापत सेवाग्राहीसँग एक लाख ५० हजार घुस लिएको अवस्थामा पक्राउ गरी अनुसन्धान गरिरहेको थियो ।

अख्तियारले लेखा अधिकृत कोइरालाले ६ लाख घुस मागेकोमा एक लाख ५० हजार घुस रकम नगद र ४ लाख ५० हजार चेकसमेत लिएको पुष्टि भएको भन्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जनाएको छ ।

साथै कोइरालाले दुई वर्षअघि दुई पटक गरेर एक लाख ४ हजार समेत लिएको पाइएको र सो रकम दुई वर्षभन्दा बढी समय भइसक्दा समेत फिर्ता गरेको नदेखिएकोले सेवाग्राहीसँग व्यावसायिक आचरण विपरीत आफू बहाल रहेको पद अनुसार सम्पादन गर्नुपर्ने कामसँग सम्बन्धित व्यक्तिसँग सो रकम सापटी लिएको पुष्टि हुन आएको उल्लेख गरेको छ ।