लाङटाङ राष्ट्रिय निकुञ्जको सडक २४सै घण्टा खुला
रसुवा- पवित्रतीर्थ गोसाईंकुण्ड मेलालाई मध्यनजर गर्दै लाङटाङ राष्ट्रिय निकुञ्जले आफ्ना आधार इलाकाको सडक २४सै घण्टा खुला राख्ने भएको छ । निकुञ्जले एक विज्ञप्ति जारी गर्दै आजदेखि भदौ ४ गतेसम्मका लागि सडक २४सै घण्टा खुला गर्ने निर्णय गरेको हो ।
गोसाईंकुण्ड मेला अवधिभर यात्रुको सहजताका लागि सवारीसाधन खुला गरिएको र रातको समयमा मालबाहक सवारीसाधनलाई रोक लगाइएको निकुञ्ज कार्यालयले स्पष्ट पारेको छ ।
रसुवागढी जाने प्रमुख सडक भएका कारण चिनियाँ सामग्री बोकी आएका मालबाहक कन्टेनर डिब्बा भने राति ११ बजेसम्म मात्र गुड्न पाउने निकुञ्जले जनाएको छ । रासस

करेन्ट लागेर एकजनाको मृत्यु

चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

पाल्पाका फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला

गायिका एलिनामाथि गालीगलौज गर्ने राई विरूद्ध तीन दिन म्याद थप

आत्मनिर्भर बनाउन भरतपुर महानगरको तालिम

दुनाटपरी उद्योगबाट मासिक २५ हजार बचत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

प्रतिक्रिया