आजदेखि घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौँ- आजदेखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर पाँच तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रूपैयाँका दरले घटाएको जनाएको छ ।
निगमका अनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रूपैयाँ रहेकामा १६२ रूपैयाँ कायम भएको छ । दोस्रो वर्गका लागि प्रतिलिटर १६९ रूपैयाँ रहेकामा १६४ रूपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १७० रूपैयाँ रहेकामा १६५ रूपैयाँ कायम गरिएको छ ।
साथै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि १५५ रूपैयाँ रहेकामा १५२ रूपैयाँ कायम गरिएको छ । साथै दोस्रो वर्गका लागि १५७ रूपैयाँ रहेकामा १५४ रूपैयाँ र तेस्रो वर्गका लागि १५८ रूपैयाँ रहेकामा १५५ रूपैयाँ कायम गरिएको निगमले जनाएको छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज छन् । साथै दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा पोखरा, काठमाडौँ, दीपायललाई राखिएको छ ।

रैथाने कृषि उपजलाई बजारीकरण गर्दै ढिकी जाँतो

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ?

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

प्रतिक्रिया