स्त्री-२ को बक्स अफिसमा कति कमायो ?

काठमाडौँ- बलिउड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा ऐतिहासिक कमाई गरेको छ । रिलिजको पहिलो दिन बिहीबार स्त्री-२ ले ५५ करोड ४० लाख कमाई गरेको फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।
फिल्मले बुधबार पेड रिभ्युबाट ९.४० करोड कमाई गरेको र बिहीबार ५५ करोड ४० लाख गरि कुल ६४ करोड ८० लाख कमाई गरेको आदर्शले जानकारी दिएका हुन् ।
योसँगै स्त्री-२ ले बलिउडमा पहिलो दिन यसअघि पठानले ५५ करोड कमाएर राखेको कीर्तिमानसमेत तोडेको छ । पहिलो दिन पठानबाहेक एनिमलले ५४.७५ करोड कमाएको थियो भने केजीएफ-२ ले ५३.९५ करोड कमाएको थियो । त्यस्तै वारले ५१ करोड ६० लाख कमाएको थियो ।
यसअघि बनेको स्त्रीले आफ्नो पहिलो सातामा ६० करोड ३९ लाख कमाई गरेको थियो, जबकी स्त्री-२ ले पहिलो दिनमा नै सो अंकलाई पछाडि पारेको छ ।
अमर कौशिकले निर्देशन गरेको स्त्री-२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

प्रतिक्रिया