युक्रेनद्वारा रूसी सहर सुड्झासहित दर्जनौँ वस्ती कब्जा

काठमाडौँ - युक्रेनले रूसको पश्चिमी कुर्स्कमा आफ्नो सैन्य प्रशासनिक कार्यालय स्थापना गरेको दाबी गरेको छ ।
युक्रेनका शीर्ष कमाण्डर ओलेक्सान्डर सिर्स्कीले यस सैन्य शिविरबाट रूसमाथि आक्रमण जारी रहेको बताएका छन् ।
सिर्स्कीका अनुसार पश्चिमी कुर्स्क क्षेत्रमा खोलिएको यो कार्यालयले कानुन र व्यवस्था कायम राख्नेछ र जनताको तात्कालिक आवश्यकताहरू पूरा गर्नेछ ।
सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोमा जनरल सिर्स्कीले युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रमा कार्यालय निर्माण गरिएको उल्लेख गरेका छन् ।
यसैबीच, रूसी रक्षामन्त्री आन्द्रेई बेलोसोभले युक्रेनको कदमप्रति प्रतिक्रिया व्यक्त गर्दै कुर्स्क क्षेत्रका जनताको सुरक्षाका लागि आवश्यक कदम चाल्ने बताएका छन् ।
युक्रेनले पनि बिहीबार रूसी क्षेत्रमा लाभ हासिल गरेको दाबी गरेको थियो । जनरल सिर्स्कीका अनुसार युक्रेनी सेना कुस्र्क क्षेत्रमा ३५ किलोमिटरसम्म प्रवेश गरेको छ । उनीहरूले ८२ बस्तीसहित १,१५० वर्ग किलोमिटर क्षेत्र ओगटेका छन् ।
युक्रेनको रुसमाथि भएको यो अहिलेसम्मकै सबैभन्दा घातक आक्रमण हो । तर युक्रेनले भने रूसी भूमि कब्जा गर्न इच्छुक नरहेको बताएको छ । युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता ह्योरही टाइकीले बुधबार एक वक्तव्य जारी गर्दै रूसलाई शान्ति स्थापनाका लागि दबाब दिने प्रयासअन्तर्गत उक्त आक्रमण भएको बताएका थिए ।

अर्बपति वारेन बफेटले आज ६ अर्ब डलर दान गर्ने

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

प्रतिक्रिया