प्रधानमन्त्री ओली र अमेरिकी उप-विदेशमन्त्री बर्माबीच भेटवार्ता

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड बर्माबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको भेटमा दुई पक्षीय सम्बन्धको विषयमा छलफल भएको बताइएको छ । बर्मा आजै काठमाडौँ आइपुगेका हुन् ।
व्यवस्थापन तथा स्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्डले आफ्नो नेपाल भ्रमणको क्रममा नेपाल सरकारका उच्च नेतृत्व, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू तथा नेपाली व्यवसायीहरूसँग भेटघाट गर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
उनी आज दिन भर भेटघाट गर्ने र भोलि बिहानै भारत जाने कार्यक्रम रहेको छ । उनी भारतका लागि पूर्व अमेरिकी राजदूत पनि हुन् । उनले आजै परराष्ट्रमन्त्री आरजु राणा देउवालगायतसहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

मुख्यमन्त्री कार्कीसँग चीनका राजदूत सोङको शिष्टाचार भेट

प्रतिक्रिया