कोशीका मुख्यमन्त्रीले सार्वजनिक गरे सय दिनको काम कारबाही

काठमाडौँ - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सय दिनको काम कारवाही र भावी कार्ययोजना सार्वजनिक गरेका छन् ।
शुक्रबार विराटनगरमा आफ्नो कार्यकालको सय दिनको कार्य विवरण सार्वजनिक गर्दै मुख्यमन्त्री कार्कीले कार्य बोझ बढेको अवस्थामा बाहेक कोशी प्रदेशमा ९ वटा मन्त्रालयबाट नबढाइने जानकारी दिए ।
कांग्रेससँग एमालेले मुख्यमन्त्री सहित ५ वटा मन्त्रालय र नेपाली कांग्रेसले ४ वटा मन्त्रालय लिने तथा दोस्रो कार्यकाल नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने सहमति भएको उनले बताए ।
उनले एक सय दिन भित्र विभिन्न ६० वटा उपलब्धिहरू हासिल गरेको जानकारी दिए । मुख्यमन्त्री कार्कीले प्रदेश प्रतिको विश्वास र आस्था बढाउन प्रदेश सरकार लागि परेको र एक सय दिनमा कोशी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा, प्रदेश व्यवस्थापन पोर्टल, विपद् पोर्टल, दोस्रो आवधिक योजना घोषणा लगायतको कार्य गरेको बताए ।
यस्तै औद्योगिक वातावरण निर्माण गर्न पर्यटन वर्ष लगानी सम्मेलन र चिया सम्मेलन जस्ता कार्यक्रम प्रदेश सरकारले ल्याएको उनले बताए ।

कोशी प्रदेशको पर्यटन प्रबर्धनका लागि देशका विभिन्न शहरमा रोड सो

झापामा डेङ्गी सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु

भोजपुरको दावा बजारमा खानेपानीको पहुँच

मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन्

खैरो हिरोइनसहित नुवाकोटका चार युवा झापामा पक्राउ
विदेशमा सीप सिकेर स्वदेश उद्यमी

प्रतिक्रिया