सम्पूर्ण बैंकिङ क्षेत्रलाई नकारात्मक असर पार्ने कामलाई बैंकिङ कसूर मान्नुपर्ने गभर्नर अधिकारीको सुझाव
काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पूर्ण बैंकिङ क्षेत्रलाई नकारात्मक असर पार्ने कामलाई बैंकिङ कसूर मान्नुपर्ने सुझाव दिएका छन् ।
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बैंकिङ कसूर तथा सजाय दोस्रो संशोधन विधेयकमाथि भएको छलफलमा क्रममा उनले बैंकिङ क्षेत्रलाई नकारात्मक रूपमा प्रचारबाजी गर्दा यस क्षेत्रमा धेरै समस्याहरू देखिने गरेको भन्दै यस क्षेत्रलाई नकारात्मक असर पार्ने कामलाई समेत बैंकिङ कसूर मान्नुपर्ने सुझाव दिएका हुन् ।
केही समयअघि ऋण तिर्नु हुँदैन भन्ने प्रचारका कारण बैंकलाई अप्ठ्यारो परेको देखिएको भन्दै यस कार्यको नियन्त्रण हुने गरी कानुन बन्नुपर्ने उनले बताए । अधिकारीले चेक अनादर विषय आफैँमा फौजदारी अभियोग भएकाले बैंकिङ कसूरको रूपमा परिभाषित गरिरहनु नपर्ने धारणा राखे । त्यस्तै उनले अहिलेको अवस्थामा उक्त विधेयकलाई पुनर्लेखन गर्न समेत सुझाव दिए ।
अधिकारीले बैंकिङ क्षेत्र असफल भए यसले सबै क्षेत्रमा ठूलो असर पार्ने भएकाले कानुनलाई समयसापेक्ष र बलियो बनाउनुपर्ने पनि बताए ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया