डुबेर दुई बालिकाको मृत्यु

जनकपुर- धनुषाको मिथिला विहारी नगरपालिका–९ स्थित जलाद खोलामा डुबेर स्थानीय ९ वर्षीया स्मृति यादव र लक्ष्मीनिया गाउँपालिका–३ घर भई आफन्तको घरमा गएकी १० वर्षीया सन्ध्या यादवको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो नुहाउन गएकी दुई बालिका जमेको पानीमा तैरिरहेको देखेपछि स्थानीयले निकालेका थिए । दुवै जनाको घटनास्थलमै मृत्यु भइसकेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवालेले जानकारी दिए ।
दुवै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नेपाल-भारत सुरक्षा अधिकारीको बैठक : अपराध नियन्त्रणमा शून्य सहनशीलताको सहमति

मधेस प्रदेशका सांसद कुशवाहा निलम्बित

वीरगञ्जमा सवारी दुर्घटना, दुईको मृत्यु, एक घाइते

रौतहटमा लुटपाटमा संलग्न लुटेरा पक्राउ, भागेकाको खोजीकार्य जारी

कवीर दिवसमा १५ जोडीको दाइजोमुक्त विवाह

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

लहानमा बेच्न राखिएका आँप विषादीरहित

प्रतिक्रिया