जनतालाई राहत दिन सरकार अघि बढेको छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ- उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई महसुस हुने गरि राहत दिनका लागि अहिलेको सरकार बनेको बताएका छन् । आज काठमाडौँ क्षेत्र नं १ मा आयोजित बधाई ज्ञापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले आफूलाई निर्वाचित गरेकै कारण उपप्रधानमन्त्री हुने अवसर पाएको भन्दै क्षेत्र नं १ का सबै मतदातालाई धन्यवाद ज्ञापन गरे ।
'झण्डा फरफराएर आनन्द लिनका लागि राजनीतिमा लागेको होइन । देशको अवस्थालाई बुझेर सुधार गर्नका लागि राजनीतिमा आएका हौँ ' उपप्रधानमन्त्री सिंहले भने, 'आम नेपालीको अपेक्षालाई मूर्त रूप दिन वर्तमान सरकार बनेको हो । सरकारले अर्थतन्त्र सुधारका लागि काम गरिरहेको छ ।' उनले देशको अर्थतन्त्रमा सुधार ल्याउन, सामाजिक रूपमा हुनुपर्ने काममा रहेका बाधा अड्चन हटाउन र देशमा सुशासन कायम गर्न सरकार लागिपरेको बताए ।
उपप्रधानमन्त्री सिंहले काठमाडौँको क्षेत्र नम्बर १ को विकास निर्माणका काममा प्रभावकारीताका साथ अघि बढ्ने प्रतिबद्धता पनि जनाए ।

श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

जग्गा प्रकरणसम्बन्धी अडियो रेकर्डमाथि छानबिन होस्, दोषी देखिए जस्तोसुकै सजाय भो…

मेरो चरित्र हत्या गर्ने प्रयास भयोः मन्त्री अधिकारी

जनताको अपेक्षाअनुसार प्रभावकारी काम गरेर परिणाम देखाउने बेला आयोः प्रधानमन्त्…

'नेपालको खेलकुद गुणात्मक सुधारमा केन्द्रित छ’

‘साउन डेङ्गी सचेतना’ महिना घोषणा

त्रिवि क्रिकेट मैदान निर्माण गर्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जना

प्रतिक्रिया