मिदास हेल्थ सर्भिसेजसँगको प्रयासमा भक्तपुर क्यान्सर अस्पतालको नयाँ हस्पिटल एप सञ्चालन

काठमाडौँ- मिदाससँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पतालले आफ्नो नयाँ हस्पिटल मोबाइल एप सञ्चालनमा ल्याएको छ । यो एपमार्फत बिरामीहरूले भक्तपुर क्यान्सर अस्पतालका सेवाहरू लिन सजिलै र सहज रूपमा अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्छन् ।
एपमा सरकारको स्वास्थ्य बीमा बोर्डले उपलब्ध गराएको स्वास्थ्य बीमा भएका प्रयोगकर्ताहरूले निःशुल्क अस्पतालको टिकट बुक गर्नका लागि आफ्नो बीमा जानकारी प्रविष्ट गरी प्रमाणीकरण गर्न सक्ने व्यवस्था पनि छ ।
मिदास हेल्थ सर्भिसेजले विभिन्न अस्पतालका ओपिडी सेवाका लागि डाइनामिक क्युआर भुक्तानीको विकास पनि गरेको छ । साथसाथै बिरामीहरूलाई उनीहरूको घरबाटै आरामले अनलाइन मेडिकल अपोइन्टमेन्टहरू लिन सहज बनाएर अस्पतालहरूका सेवाहरूलाई निकै सहज बनाएको छ ।
अस्पतालहरूसम्म पुगेर लामो लाइनमा बस्नुपर्ने झन्झट कम गराएको छ भने भिडभाड कम हुँदा अस्पतालको सेवालाई गुणस्तरीय पनि बनाउन सहयोग पुगेको जनाएको छ ।
मिदासले विकास गरेको हस्पिटल एप मार्फत बिरामीहरूले ओपिडी टिकटहरू बुकिङ र किन्ने सँगसँगै घरबाटै आरामले मेडिकल अपोइन्टमेन्टहरू लिने तथा प्रयोगशाला रिपोर्टहरू प्राप्त गर्न सकिने व्यवस्था पनि छ । सरकारी स्वास्थ्य बीमा कभरेज भएका व्यक्तिहरूलाई निःशुल्क टिकट बुक गर्ने सुविधा र अस्पतालको सेवालाई थप पहुँचयोग्य र सुलभ बनाएको छ ।

पैँतीस प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

चितवनमा दुर्लभ पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लू’

थारु समुदायका महिला ‘भेंम्टी’ खोज्न व्यस्त

आँप धेरै खाएमा आउनेछ डन्डिफोर र देखिनेछ अनुहारमा दाग

अब अनलाइन दर्ता र नवीकरण प्रशासन कार्यालयबाट हुने

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

शर्मिला वाइबा पक्राउ

प्रतिक्रिया