बुधबार २१ साउन, २०८२
Wednesday, August 06, 2025

एआईको दुरुपयोग गरेर चरित्र हत्या गर्नेक्रम बढेपछि साइबर ब्युरोले दियो कारबाहीको चेतावनी

काठमाडौँ- नेपाल प्रहरीको साइबर ब्यूरोले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) लगायतको दुरुपयोग गरेर राजनीतिक नेतृत्वलगायतको चरित्र हत्या गर्नेक्रम बढेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । 

पछिल्लो समय सामाजिक सञ्जालमार्फत त्यस्ता एआईबाट निर्मित सामग्री प्रकाशन गर्ने गरेको पाइएको भन्दै ब्यूरोले यस प्रकारको गतिविधिहरू नगर्न/नगराउन अनुरोध गरेको छ ।

ब्यूरोले भनेको छ, ‘पछिल्लो समय सामाजिक सञ्जाल, अन्य डिजिटल प्लेटफर्म र एआईलगायतका प्रविधिहरूको दुरुपयोग गरी कुनै संगठन तथा व्यक्तिलाई विशेष लक्षित रही चरित्रमा निर्मम आघात पुर्‍याउने उद्देश्यका साथ अतिरञ्जित तवरबाट कपोकल्पित र भ्रामक विषयमा श्रव्य दृश्य सामग्री तयार तथा प्रसारण गरी–गराई सामाजिक, पारिवारिक तथा राजनैतिक चरित्रहत्या गर्ने/गराउने घटनाक्रम बढ्दै गइरहेको पाइएको हुँदा यस प्रकारको गतिविधि गर्न अनुरोध गरिन्छ ।' 

साथै ब्यूरोले यस्तो कार्य गरेको पाइएमा त्यसको जबाफदेही स्वयं आफैँ हुनुपर्ने भएकाले कानुनी झन्झटमा पर्नबाट जोगिन सबैलाई अनुरोध गरेको छ ।