नियमावली बनाउँदा कानुन मन्त्रालयले सहमति दिनुपर्ने प्रावधान राख्न विज्ञहरूको सुझाव

काठमाडौँ -विज्ञहरुले संवैधानिक निकायको नियमावली बनाउँदा कानुन मन्त्रालयले सहमति दिनुपर्ने प्रावधान राख्न सुझाव दिएका छन् ।
सिंहदरबारमा आइतबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा भएको छलफलका क्रममा उनीहरुले नियमावली बनाउने विषयलाई गम्भीरताका साथ छलफल गर्न समेत सुझाव दिएका छन् ।
बैठकमा कानुन आयोगका पूर्व अध्यक्ष माधव पौडेलले परम्परागत रुपमा नै संवैधानिक आयोगले बनाउने नियमावलीमा कानुन मन्त्रालयले सहमति दिनुपर्ने सुझाव दिए ।
नियमावलीका कारण नागरिकको हक अधिकार प्रभावित हुन सक्ने भएकाले यसमा गम्भीर रुपमा छलफल गर्नुपर्ने उनको भनाइ छ । उनले सरकारले जारी गर्ने अध्यादेश बाहेक अन्य निकायको नियमावली स्वीकृत मन्त्रीपरिषद्ले गर्नुपर्ने प्रावधानलाई पनि पुनर्विचार गर्नुपर्ने सुझाव दिए ।
त्यस्तै वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले नियमावलीहरू आफ्नो अनुकूल बनाउन पटके तवरले परिवर्तन गर्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताए । उनले नियमावली बनाउँदा वा परिवर्तन गर्दा माथिल्लो निकायसँगको सहमति आवश्यक नपर्ने व्यवस्थाले सम्बन्धित संस्थालाई नै धराशायी बनाउन सक्ने धारणा राखे ।
कानुन निर्माणको व्यवस्थालाई व्यवस्थित गर्ने गरी सरकारले विधायनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८० असोजमा राष्ट्रिय सभामा दर्ता भएको थियो ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

संसदीय अभ्यासमा सुधारको आवश्यकता छः उपसभामुख राना

संसद्लाई जनमुखी बनाउन आवश्यकः अध्यक्ष दाहाल

संसद्मा सहभागी दललाई सहकार्यमार्फत अगाडि बढ्न आह्वान गर्छुः सभामुख घिमिरे

सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित

प्रतिक्रिया