भ्रष्ट व्यवस्था र शासकको अन्त्यको लागि आन्दोलन आवश्यक - कमल थापा

काठमाडौँ - राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको लागि आन्दोलन आवश्यक भएको भन्दै राप्रपा नेपाललाई बलियो बनाउन जरुरी भएको बताएका छन् ।
काठमाडौं -७ द्वारा आयोजित क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले असफल साम्यवाद र पूँजीवादको विकल्पमा सम्बर्द्धनवाद(Liberal conservatism)को वैचारिक धरातलमा सबल र समृद्ध नेपाल निर्माण गर्नु आवश्यक भएको जिकिर गरे ।
भ्रष्टाचार, धर्म परिवर्तन, बेरोजगारी अन्त्य र सुशासनको लागि जनता जाग्नुपर्ने भन्दै विदेशी प्रभाव र दवाबबाट मुक्त गर्न स्वाधीनताको रक्षाको लागि आन्दोलन आवश्यक भएको थापाको भनाई छ । कार्यक्रममा डाक्टर विष्णु भण्डारी ,राजाराम बर्तौला, अम्मर केसी ,उज्वल पोखरेल लगायतले बोलेका थिए ।

एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी

पार्टीको बारेमा बुझाउन पुस्तकालयको भूमिका महत्त्वपूर्ण हुनेछ : सभापति देउवा

वी.पी.स्मृति अस्पतालद्वारा ४३ औँ वी.पी.कोइराला स्मृति दिवस विविध कार्यक्रमसहित…

सङ्घीयतालाई कमजोर बनाउने खेल भइरहेको छ : सिके राउत

‘कृषिक्षेत्र आत्मनिर्भरतातर्फ उन्मुख छ’

पार्टीको सिद्धान्त बुझाउन सके पार्टीले बहुमत प्राप्त गर्न सक्छः सभापति देउवा

कांग्रेसका पूर्वपदाधिकारीहरूको निष्कर्षः वर्तमान सरकारले गठबन्धनको भावअनुसार क…

प्रतिक्रिया