बुधबार २१ साउन, २०८२
Wednesday, August 06, 2025

काठमाडौँको 'स्वच्छ भान्छा' महानगर स्वर्णिम योजना भदौ ३ र ४ गते सञ्‍चालन हुँदै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको स्वर्णिम योजना अन्तर्गतको 'स्वच्छ भान्छा' कार्यक्रम सञ्‍चालन हुने भएको छ । 

महानगरले यस कार्यक्रममा महानगरभित्र सञ्चालित ढावा, भोजनालय, खाजा घरलगायतका साना तथा मध्यम स्तरका खाना तथा खाजा घरका करिब चार सय व्यवसायीलाई खाद्य स्वच्छतासम्बन्धी तालिम प्रदान गर्ने उद्देश्यले फुड सेप्टी बुट क्याम्प (खाद्य स्वच्छता प्रवर्द्धन शिविर) आयोजना गर्ने भएको हो । स्वच्छ खाना : उत्कृष्ट व्यापार स्लोगनसहित गर्न लागिएको यो कार्यक्रम स्वर्णिम योजना अन्तर्गतको पहिलो संस्करण हो ।

यो कार्यक्रम भोलि र पर्सी अर्थात् भदौ ३ र ४ गते सञ्चालन हुँदै छ । दरबार हाइ स्कुलमा बिहान ११:३० देखि ३ बजेसम्म कार्यक्रम सञ्चालन हुने महानगरले जनाएको छ ।