एमाले कोशी प्रदेशद्वारा नेता र कार्यकर्ताहरूलाई अनुशासनमा राख्न १३ बुँदे आचारसंहिता निर्माण
काठमाडौँ- भदौ १ गते विराटनगरमा आयोजना गरिएको नेकपा एमाले कोशी प्रदेश कमिटीको चौथो पूर्ण बैठकले नेता र कार्यकर्ताहरूलाई अनुशासनमा राख्न १३ बुँदे आचारसंहिता निर्माण गरेको छ ।
सो बैठकका निर्णय सार्वजनिक गर्न आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेशले २०८१ साललाई पार्टी सुदृढीकरण र शुद्धीकरण वर्षसमेत घोषणा गरेको छ । यसैगरी कोशी प्रदेशको मोरङ, इलाम र तेह्रथुममा कात्तिक मसान्त भित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले मिसन २०८४ केन्द्रित भएर पार्टीलाई थप सुदृढ बनाउने गरी कार्ययोजना बनाइएको जानकारी दिए । उनले आगामी निर्वाचनमा कोशी प्रदेशमा दुईतिहाई जित्ने गरी कार्यकर्ता परिचालन गर्ने तयारीका साथ नेकपा एमाले अघि बढेको बताए ।
पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले पार्टीलाई सुदृढ र शुद्धीकरण गर्न आयोजना गरिने कार्यक्रमहरूबारे जानकारी गराएका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया