म्यानचेस्टर सिटीको प्रिमियर लिगमा विजयी सुरुवात

काठमाडौँ - म्यानचेस्टर सिटीले इङलिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।
गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई २-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्ड र माटेओ कोभाकिकले एक एक गोल गरेका थिए । हालाण्डले खेलको १८औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए भने कोभाकिकले खेलको ८४औं मिनेटमा गोल गरेका थिए ।
यो जितपछि डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले महत्वपूर्ण ३ अंक हासिल गर्दै नयाँ सिजनको सुरुवात गरेको छ भने चेल्सीले हारबाट नयाँ सिजनको सुरुवात गरेको छ ।

रोनाल्डोले क्लब विश्वकप नखेल्ने

नेपाल र स्कटल्याण्ड भिड्दै

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

प्रतिक्रिया