सर्वेक्षणमा ट्रम्पलाई पछि पार्दै ह्यारिस अगाडि

काठमाडौँ - अमेरिकी राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले पछिल्लो पोलमा ट्रम्पलाई पछाडी पारेकी छन् । सीबीएस न्यूजले गरेको राष्ट्रव्यापी पोलमा डेमोक्रेटिक उम्मेदवार ह्यारिसको पक्षमा ५१ प्रतिशत मत देखिएको छ भने रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको पक्षमा ४८ प्रतिशत मत देखिएको छ ।
सोमबारदेखि शुरु हुन लागेको डेमोक्रेट पार्टीको नेशनल कन्भेन्सन अघि सार्बजनिक भएको यो पोलको नतिजाले डेमोक्रेटहरुलाई उत्साहित बनाएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
यस पोलमा ८३ प्रतिशतले अर्थतन्त्रलाई मुख्य आधार बनाएर भोट दिने बनाएका छन् भने ७६ प्रतिशतले महंगी आगामी चुनावको सबै भन्दा ठुलो एजेण्डा भएको बताएका छन् । त्यस्तै ६२ प्रतिशतले अपराध र ५८ प्रतिशतले बन्दुक नीतिमा आधारित भएर मत दिने बताएका छन् । त्यस्तै ५६ प्रतिशतले सीमा सुरक्षाको विषय र ५१ प्रतिशतले गर्भपतनको मुद्धालाई आधार बनाएर मत दिने बताएका छन् ।
सिविस न्यूजका लागि यो पोल यूगभ (yougov) ले गरेको थियो । यो पोल अगस्त १४ देखि १६ सम्म देशभरका मतदाता नामावलीमा दर्ता भएका ३ हजार २५८ मतदातामा गरिएको बताइएको छ । यस पोलको २.१ प्रतिशत मात्र तलमाथि हुने समेत रिपोर्टमा उल्लेख गरिएको छ ।
त्यसैगरी अर्को मिडिया हाउस सिएनएनले गरेको सर्वेले ह्यारिस ५० प्रतिशत र ट्रम्प ४८ प्रतिशत रहेको देखाएको छ ।

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्वप्रति चीनद्वारा चिन्ता व्यक्त

जेलेन्स्कीद्वारा भ्रष्टाचारविरोधी निकायहरूको ‘स्वतन्त्रता’ सुनिश्चित गर्ने नयाँ वि…

अपडेटः रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

इजरायली प्रधानमन्त्रीको हत्याको षडयन्त्र रचेको आरोपमा वृद्धा पक्राउ

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

प्रतिक्रिया