ललितपुरको आगलागी डेढ घन्टा पछि नियन्त्रणमा

काठमाडौँ - ललितपुरको बङ्गलामुखी मन्दिर नजिकै कुम्भेश्वरस्थित एक घरमा लागेको आगो नियन्त्रणमा आएको छ ।
ललितपुर महानगरपालिका-१६ कुम्भेश्वरका अजरमान शाक्यको घरमा आज बिहान भएको आगलागी झन्डै डेढ घन्टा पछि नियन्त्रणमा आएको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आगलागी बिहान ९ बजेतिर सुरू भएको थियो । आगलागी नियन्त्रणमा लिनका लागि ६ दमकल प्रयोग गरिएको प्रहरीले जानकारी दिएको छ ।
आगलागी नियन्त्रणमा नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी,नेपाली सेना र स्थानीयले सहयोग गरेका थिए भने ललितपुरसँगै भक्तपुर तथा काठमाडौं गरी तीनवटै जिल्लाका ६ दमकलहरूको सहयोगमा नियन्त्रणमा आएको हो।
आगलागीमा भएको क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।

थारु समुदायका महिला ‘भेंम्टी’ खोज्न व्यस्त

आँप धेरै खाएमा आउनेछ डन्डिफोर र देखिनेछ अनुहारमा दाग

अब अनलाइन दर्ता र नवीकरण प्रशासन कार्यालयबाट हुने

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

शर्मिला वाइबा पक्राउ

पोखरामा लागुऔषध कारोबारी बढ्दै

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

प्रतिक्रिया