साफ यू-२० च्याम्पियनसिप: आज भारतले भुटानको सामना गर्दै

काठमाडौँ - काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज साविक विजेता भारतले भुटानसँग खेल्दै छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने समूह बी अन्तर्गतको यो खेल अपराह्न ३ बजेदेखि सुरु हुँदैछ ।
आइतबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा समूह ए मा रहेको नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समूह ए बंगलादेश र श्रीलंकासँग रहेको छ भने समूह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन् ।
त्यस्तै नेपालले भने समूह चरणको अर्को खेल बिहीबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया