साफ यू-२० च्याम्पियनसिपमा भारतको विजयी सुरुवात

काठमाडौँ- काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ ।
सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न समूह बी अन्तर्गतको खेलमा भारतले भुटानलाई १-० गोल अन्तरको जित हासिल गर्दै विजयी सुरुवात गरेको हो ।
डिफेन्डिङ च्याम्पियन समेत रहेको भारतको जितमा खेलको ३७औं मिनेटमा मोनिरुल मोल्लाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
आइतबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा समूह ए मा रहेको नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।
अब प्रतियोगितामा अर्को खेल मंगलबार समूह बी अन्तर्गत बंगलादेश र श्रीलंकाबीच हुँदै छ ।
नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समूह ए बंगलादेश र श्रीलंकासँग रहेको छ भने समूह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन् ।
त्यस्तै नेपालले भने समूह चरणको अर्को खेल बिहीबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया