बृज इनटरनेशनलको ब्राण्ड एम्बेस्डरमा सन्दीप लामिछाने नियुक्त

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने बृज इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सीको ब्रान्ड एम्बेस्डर नियुक्त भएका छन् । सोमबार बृज इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी र सन्दीपबीच सम्झौतामा हस्ताक्षर भएको हो ।
सन्दीप दुई वर्षका लागि बृज इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सीको एम्बेस्डर रहने छन् । बृज इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सीले सम्झौता रकम भने खुलाएको छैन ।
सम्झौतापछि बोल्दै सन्दीपले बृज इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सीसँग सम्झौताले आफूलाई धेरै हौसला प्रदान गर्ने बताएका छन् । साथै उनले खेल जीवनमा धेरै सहयोग पुग्ने जिकिर गरे ।
‘बृजसँग सम्झौता हुँदा धेरै खुसी छु । यस्तो खाले सहयोगले हामी खेलाडीलाई हौसला मिल्छ । साथै देशका लागि अझै धेरै सफलता दिलाउने हौसला मिल्नेछ,’ सन्दीपले भने ।
यस्तै बृज इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सीका निर्देशक भुवन गिरीले सन्दीप जस्तो खेलाडी कन्सल्टेन्सीसँग जोडिनु सकारात्मक भएको बताए । साथै उनले नेपाली क्रिकेट र शिक्षा जगतलाई एक ठाउँमा जोड्ने पाटो पनि रहेको उल्लेख गरे ।
`सन्दीपलाई ब्रान्ड एम्बेस्डर हुँदा कन्सल्टेन्सीलाई ठूलो सहयोग पुग्ने छ । साथै यो सम्झौताले क्रिकेट र शिक्षालाई एक बनाउन पनि सहयोग पुग्ने छ,´ गिरीले भने ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया