महानगरले दियो साना तथा मध्यम भोजनालय सुधारका लागि क्षमता विकास तालिम

काठमाडौँ- खाद्य व्यवसायसँग सम्बन्धित सेवालाई प्रमाणीकरण तथा स्तरीकरण गर्न काठमाडौँ महानगरपालिकाले व्यवसायीहरूको क्षमता विकासबाट काम थालेको छ । कोही व्यक्तिले कुनै ठाउँमा खाना खाँदा त्यो खानाले स्वास्थ्यमा कुनै पनि हानी नोक्सानी गर्दैन भन्ने सुनिश्चित हुनुपर्छ । यसरी सुनिश्चित हुने अवस्था खाद्य स्वच्छता हो । यस्तो खानेकुरामा स्वाद, रङ्ग, बास्ना, परिमाण, पोषक तत्व हुनुपर्दछ । गुणस्तर यसैका आधारमा मापन गरिन्छ ।
महानगरपालिकाले ‘स्वच्छ भान्छा’ स्वर्णिम योजना, खाद्य स्वच्छता प्रवर्द्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छता : प्रवर्द्धन शिविर (फुड सेफ्टी वुट क्याम्प) कार्यक्रमअन्तर्गत यस वर्ष खाद्य सेवामा क्षेत्रगत व्यवसायी तथा व्यक्तिहरूलाई सेवाको प्रकृतिका आधारमा वर्गीकरण गरेर समूहगत तालिम दिइनेछ । यसको पहिलो संस्करणमा साना तथा मध्यम भोजनालय सञ्चालक, व्यवस्थापक तथा भान्छामा काम गर्ने कर्मचारीका लागि आजदेखि २ दिने क्षमता विकास तालिम सुरु भएको छ । स्वच्छ खाना : उत्कृष्ट व्यापार (सेफर फुड : वेटर विजनेस) सोच राखेर थालिएको तालिम दरबार हाइ स्कूलमा भोलिसम्म चल्नेछ । तालिममा करिब ३ सय जना व्यवसायीहरू सहभागी छन् । यो समूहबाट ४ सय जनालाई तालिम दिने लक्ष्य छ ।
तालिममा ६ वटा कक्षा चल्नेछन् । यसमा खाद्य स्वच्छता र सरसफाइ, स्थान र संरचनाको न्यूनतम् सुविधा मापदण्ड, क्रस कन्टामिनेसनको रोकथाम, खाद्य भण्डारण (काँचो, पाकेको), उचित प्रयोग नहुँदा खाद्य पदार्थबाट हुने जोखिम, हाइजिन रेटिङ्, सरसफाइ स्तरीकरण र प्रमाणीकरण, प्रचलित कानुनी व्यवस्था (मापदण्ड, व्यवस्था पालना नगर्दा हुने क्षति, दण्ड तथा जरिवाना) क्षमता विकासका विषय हुन् । यी कक्षाहरूमा सरसफाइ र स्वच्छतासँगै शत्रु जीवबाट खाना र खाना बनाउने ठाउँको सुरक्षा, कार्यमैत्री वातावरण, फुड फ्लो (प्राप्त गर्ने, भण्डारण गर्ने, पकाउने र सर्भ गर्ने) को अवस्था, कच्चा पदार्थ सफा गर्ने, भण्डारण गर्ने र पकाउने ठाउँको मापदण्डका बारेमा जानकारी दिइनेछ । यस्तै तापक्रम, साधन तथा उपकरणको प्रयोग र व्यवस्थापन, पेशाकर्मीको व्यक्तिगत सरसफाइलगायत विषयमा कक्षा सञ्चालन हुनेछन् ।
व्यवसायीहरूमा खाद्य सेवा मापदण्डका बारेमा जानकारी भयो भने उत्तरदायित्व बोध गराउन सकिन्छ । नियमन गर्नु अघि प्रचलित व्यवस्थाका बारेमा जानकारी दिनु र मापदण्ड बुझाउन आवश्यक भएकोले तालिम थालिएको हो । खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका विज्ञ सल्लाहकार जीवनप्रभा लामा भन्छिन्, ‘तालिमपछि खाद्य सेवा प्रदान गर्ने व्यवसाय मूल्याङ्कन गरेर प्रमाणीकरण र स्तरीकरण गर्नेछौँ । यसबाट हरेक उपभोक्ता, खानेकुरा खाएको स्थानबाट स्वच्छ खाना पाएको सुनिश्चित हुन सक्नेछन् ।’
‘स्वच्छ खाद्य सेवाका लागि पालना गर्नु पर्ने अनिवार्य आचरणलाई खाद्य निरीक्षकले निरीक्षण गर्नुहुनेछ,’ प्रमाणीकरण र स्तरीयकरण प्रक्रियाका बारेमा कार्यक्रमका सल्लाहकार सन्तोष गिरी भन्छन्, ‘अवस्थाका आधारमा प्रमाणीकरण र स्तरीकरण गरिएको व्यवसायमा स्क्यान कोड राखिनेछ । कोही उपभोक्तालाई स्तरबमोजिमको सेवा नलागेमा वा चित्त नबुझेमा स्क्यानबाट फोटोसहित आफ्नो गुनासो पठाउन सक्नुहुनेछ । इमेलबाट गुनासो पठाउन र हटलाइनबाट गुनासो टिपाउन सक्नुहुनेछ । यसका आधारमा महानगरपालिकाले गलत क्रियाकलापको नियमन गर्नेछ ।’
खाद्य स्वच्छता मूल्याङ्कन र प्रमाणीकरण
सेवाको मूल्याङ्कन गर्ने प्रणालीले खाद्य स्वच्छताको पारदर्शिता र सुरक्षाको निश्चित गर्छ । व्यवसायीलाई जवाफदेही बनाउँछ । व्यवसायीलाई स्वच्छता मापदण्डहरूको बारेमा जानकारी प्रदान गर्छ । यसले उपभोक्ताहरूलाई खाना कहाँ किन्ने? कहाँ किन्ने? कुनको स्तर कस्तो छ? भन्ने निर्णय गर्ने आधार उपलब्ध गराउँछ । यसो हुनु स्वच्छ व्यापारिक प्रतिस्पर्धाका दृष्टिले उपयुक्त हुन्छ । यस्तै दोस्रो अथवा तेस्रो स्तरमा भएका व्यवसायीले पहिलो हुन सुधारका अवसर प्रदान गर्छ । उपभोक्ताहरूलाई ह्यान्डलिङ्, भण्डारण, तयारी, सरसफाइ, खाद्य सुरक्षाजस्ता खाद्य सेवा र व्यवस्थापनका बारेमा जानकारी राख्न मद्दत पुर्याउँछ । खानाको गुणस्तर, ग्राहक सेवा, खाना व्यवसायको स्तरप्रति उत्तरदायी बनाउँछ ।
यसका लागि महानगरपालिकाले खाद्य स्वच्छता निर्देशिका, सूचक र स्तरीकरण प्रणालीको मस्यौदा तयार पारेको छ ।

सहरमा बस्नेलाई शिविरमार्फत सेवा !

निःशुल्क रगत उपलब्ध गराउन दुई करोडको अक्षयकोष

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

मत्स्य केन्द्र कुलेखानीद्वारा ६ लाख १७ हजारको माछा बिक्री

१५ दिनमा २० जनामा डेङ्गु सङ्क्रमण
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_LzBVp1uRNc_y0gfidvev0ogaaklctwbfya2wxdxthsvcwslxpsxrrbfbrcuuwjei0f0y7sf_S23lRROGx6_rf8ps4icgym8zybnv16toukd6ofz89h6ykvgel4lxqwraxahhqigui6cnqix_eM664v7zvy_r2alzsvnvhwgrfusnvp4w9r0m5bhzhr7ezwzurk64sqns8vgqsk1jdwkpkim.jpg)
विपद्जन्य घटनाबाट बागमती प्रदेश बढी प्रभावित

बागमतीका अधिकांश बहुवर्षीय योजना सम्पन्न

प्रतिक्रिया