सुक्खा पहिरोले पार्थली-गेल्दुङ सडक अवरुद्ध

काभ्रेपलाञ्चोक- सुक्खा पहिरोका कारण खोपासी–च्याम्राङबेंसी सडकअन्तर्गत पार्थलीमा सडक अवरुद्ध भएको छ । बेथानचोक गाउँपालिका–४ पार्थली भञ्ज्याङ नजिक आज दिउँसो पहिरो जाँदा करिब ५० मिटर सडक पुरिएपछि सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए ।
सडकखण्ड अवरुद्ध हुँदा काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका, ललितपुरको महाङ्काल गाउँपालिका र मकवानपुरको बागमती गाउँपालिकाका स्थानीयलाई आवतजावतमा समस्या भएको उनले बताए ।
सडक सञ्चालनका लागि प्रहरी, स्थानीय जनप्रतिनिधिलगायतले प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले बताए । उनले सडक माथिबाट सुक्खा पहिरोसहित ढुङ्गा झरेकाले उपकरणको सहयोगमा पहिरो पन्छाउन थालिएको जानकारी दिए ।

मनसुनमा पुदिनाको चिया पिउनुका हुनेछ धेरै फाइदाहरू

राशिफलमा यस्तो छ तपाईंको भाग्य

पैँतीस प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

चितवनमा दुर्लभ पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लू’

थारु समुदायका महिला ‘भेंम्टी’ खोज्न व्यस्त

आँप धेरै खाएमा आउनेछ डन्डिफोर र देखिनेछ अनुहारमा दाग

अब अनलाइन दर्ता र नवीकरण प्रशासन कार्यालयबाट हुने

प्रतिक्रिया