कांग्रेसमा महाधिवेशन दाैडधुप : सिंह र निधि लागे काेइरालातिर

काठमाडौँ : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । कोइराला निवास महाराजगञ्जमा शुक्रबार बिहान नेता त्रयबीच भेटवार्ता भएको कोइरालाका स्वकीय सचिव भरत दाहालले जानकारी दिए । कोइरालालाई भेट्न निधि र सिंह महाराजगञ्ज पुगेका हुन् । उनकाअनुसार नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको हो ।
महाधिवेशनको मिति नजिकिँदै जाँदा सभापतिका आकांक्षी रहेका कांग्रेस संस्थापकका पुत्रहरूले नेता कार्यकर्ताहरूसँगको भेटलाई तीब्रता दिएका छन् । उनीहरूबीच यसअघि सोमबार भेटवार्ता भएको थियो ।
नेपाली कांग्रेसको संस्थापक हस्तीका पुत्रहरू आफू नेतृत्वमा जाने गरी दौडधूपमा लागेका छन् । कांग्रेसका संस्थापक नेताहरू बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराहरूले आफूलाई सभापतिको दाबी गर्दै कांग्रेस सुधारको विषय उठाउन थालेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया