पर्सामा २२९१ क्युफिट काठ बरामद

वीरगञ्ज, (पर्सा)- डिभिजन वन कार्यालय पर्साले अवैध रुपमा काठको चोरी तथा तस्करी गर्नेबाट दुई हजार २९१ क्युफिट काठ बरामद गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७९/८० देखि २०८०/८१ सम्मको दुई वर्षको अवधिमा सो परिमाणको काठ बरामद गरेको हो ।
डिभिजन वन कार्यालय पर्साका प्रमुख सुनिलकुमार कर्णले दुई आवमा अवैध रुपमा काठको चोरी तथा तस्करी गर्नेबाट दुई हजार २९१ क्युफिट काठ बरामद गरेको जानकारी दिए ।
‘दुई आवमा वनपैदावार तथा वन्यजन्तु चोरी सिकारी गर्ने कार्यमा संलग्न भएका दुई सय २६ जनालाई पक्राउ गरेर मुद्दा अगाडि बढाएका छौं’ उनले भने ।
कार्यालयले अवैध ढङ्गले दाउरा चोरी तस्करी गर्नेबाट पाँच सय क्यूफिट बराबरको दाउरा पनि बरामद गरेको छ ।
डिभिजन वन कार्यालय पर्साले काठ दाउरा तस्करी गर्नेबाट १५ थान मोटरसाइकल पनि बरामद छ । कार्यालयले एक सय ४३ थान साइकल, ६ थान ट्याक्टर, ६ थान टायरगाडा, ४२ थान बन्चरो, २० थान काठ काट्ने आरा पनि बरामद गरेको छ ।
डिभिजन वन कार्यालयले आव २०७९÷८० मा एक सय २६ वटा वन मुद्दा दायर गरेको थियो । जसमा १२० थान वनपैदावारसँग सम्बन्धित रहेका थिए । त्यस्तै ६ वटा मुद्दा भने वन्युजन्तु चोरी सिकारीसँग सम्बन्धित रहेको थियो ।
आव २०८०/८१ मा भने कार्यालयले ४२ वटा वन पैदावरसँग सम्बन्धित मुद्दा दायर रहेको छ । कार्यालय प्रमुख कर्णले चालु आवमा वनपैदावारसँग सम्बन्धित मुद्दालाई प्राथमिकतामा राखेर फस्र्यौट गर्ने बताए । उनले भने, ‘वनपैदावरसँग सम्बन्धित मुद्दाको आवश्यक कागजात सङ्कलन गर्ने प्रक्रिया अघि बढेको छ । त्यसैले अब वन पैदावारसँग सम्बन्धित मुद्दा मुद्दा फस्र्यौटले गति लिनेछ ।’ रासस

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

प्रतिक्रिया