अन्तरिक्ष यात्री सुनिता र बुच कहिले फर्किन्छन् ?

काठमाडौँ- अन्तरिक्ष यात्री सुनिता विलियम्स आफ्ना सहयात्री बुच विल्मोरसँग अन्तरिक्षमा फसेका छन् । ५ जुनमा बोइङ स्टारलाइनर अन्तरिक्ष यानमा सवार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) गएका थिए । उनको मिसन १० दिनका लागि मात्र थियो तर स्टारलाइनरमा खराबीका कारण उनको फिर्ता रोकिएको छ र उनको आइएसएसमा बसाई अझै ६ महिनासम्म लम्बिने बताइएको छ ।
सुनिता र बुच अन्तरिक्षमा फसेको बारेमा विश्वभर चर्चा भइरहेको छ तर अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले दुवै सुरक्षित रहेको र आईएसएसको अनुसन्धान र मर्मतसम्भारमा सहयोग गरिरहेको बताएको छ । वरदा स्पेस इंडस्ट्रीजका संस्थापक र अध्यक्ष डेलियन एस्पारोहोभले सोचेभन्दा सात महिना लामो अन्तरिक्षमा रहेमा यसलाई आफुले निश्चित रुपमा फसेको भन्ने टिप्पणी गरेका छन् ।
यति मात्र होइन सुनिता विलियम्सका अगाडि एउटा नयाँ समस्या खडा भएको छ । उनको दृष्टि धमिलो हुँदै गइरहेको छ । सुनिता विलियम्स माइक्रोग्रेविटीको लामो समयसम्म सम्पर्कमा रहँदा उनको आँखामा समस्या आएको बताइएको छ । नासाका अनुसार स्पेस स्टेसनमा बस्दा हुने यो समस्यालाई स्पेसफ्लाइट एसोसिएटेड न्यूरो-ओकुलर सिन्ड्रोम भनिन्छ ।
यसले शरीरमा तरल पदार्थको वितरणलाई असर गर्छ, दृष्टि समस्या निम्त्याउँछ । यसले दृष्टि धमिलो हुन्छ र आँखाको संरचना पनि परिवर्तन हुन सक्छ । विलियम्सको आँखाको स्वास्थ्य थाहा पाउन उनको रेटिना, कोर्निया र लेन्स स्क्यान गरिएको नासाले बताएको छ ।

हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक, प्रयोगकर्ताको अनुभवलाई अझ स्मार्ट, सहज र …

क्लासिक टेकका पाँच वटा बैंक खाता रोक्का राख्न जिल्ला अदालत मोरङको पत्राचार

अन्ततः अमेरिकी अदालतमा वकिल बनेर उभियो एआई, गर्यो बहस

एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक
एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक

स्पेसएक्सको अहिलेसम्मकै ठूलो अन्तरिक्ष यानको परिक्षण दोस्रो पटक पनि असफल

सन् २०३० सम्म मोबाइल प्रविधिले अर्थतन्त्रको ८.४ प्रतिशत योगदान गर्ने पूर्वानुमान

प्रतिक्रिया