गुन्डोगनले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौँ- जर्मनीका मिडफिल्डर इल्के गुन्डोगनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
३३ वर्षियले हालै सम्पन्न युरो २०२४ मा जर्मनीको कप्तानी गरेका थिए । जर्मनीका लागि ८२ खेल खेलेका गुन्डोगन हाल बार्सिलोनाबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । उनले जर्मनीका लागि १९ गोल गरेका छन् ।
अहिले उनले बार्सिलोना छाडेर म्यानचेस्टर सिटीमै फर्किने चर्चा चलिरहेका बेला उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
उनले क्लब र देशका धेरै खेलहरूका कारण आफुले मानसिक र शारीरिक रुपमा पनि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने निष्कर्षमा पुगेको बताएका छन् ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया