डेमोक्रेटको कन्भेन्सनमा भावुक देखिए बाइडेन

काठमाडौँ - अमेरिकी राष्ट्रपति जो बाइडेनले डेमोक्रेट पार्टीको नेशनल कन्भेन्सनमा बिदाइ भाषण दिएका छन् । स्टेजमा आएपछि बाइडेन भावुक देखिएका थिए ।
सम्बोधनका क्रममा उनले आफ्नो हरेक कामसँग उपराष्ट्रपति कमला ह्यारिसको नाम जोडेर धेरै पटक प्रशंसा गरेका थिए ।
बाइडेनले कन्भेन्सनमा उपस्थित सबैलाई धन्यवाद दिँदै ह्यारिस र वाल्जको टिमलाई जिताउन अपिल गरेका थिए । भाषणको क्रममा बाइडेनले ट्रम्पलाई लोकतन्त्रका लागि खतरा भएको टिप्पणी गरेका छन् ।
उनले जनवरी ६, २०२१ मा भएको क्यापिटल हिल हिंसाको पनि उल्लेख गरे । उनले भने, 'अमेरिकामा राजनीतिक हिंसाको कुनै ठाउँ छैन । त्यस दिन (क्यापिटल हिल हिंसाको दिन) हामीले देशको रूपमा रहेको लगभग सबै कुरा गुमायौं । त्यो धम्की आज पनि कायम छ । उनले (ट्रम्प) हारेमा रक्तपात गर्ने वाचा गरेका छन्, यी उनका शब्दहरू हुन् । उनले जितेमा उनी पहिलो दिनदेखि नै तानाशाह हुनेछन्, यी उहाँका शब्दहरू हुन्, उनको अर्थ यही हो ।'
बाइडेनले आफूहरु लोकतन्त्रको रक्षा गर्न र अमेरिकाको आत्माको लागि लडाइँमा संलग्न रहेको बताए । बाइडेनले आफ्नो भाषणमा आफ्ना उपलब्धिहरूको उल्लेख गरेका थिए । उनले कमला ह्यारिससँग मिलेर यो काम गरेको बताए ।
बाइडेनले मध्यम वर्गका लागि काम गरेको बताउँदै कोभिड-१९ महामारीको समयमा विश्वको सबैभन्दा बलियो अर्थतन्त्र निर्माण गर्न काम गरिएको उल्लेख गरे ।
बाइडेनले बन्दुकमा प्रतिबन्ध लगाउने विषयमा रिपब्लिकन पार्टीको अडान रहेको बताए ।
उनले भने, 'अमेरिकामा बन्दुकबाट धेरै बालबालिका मारिन्छन् । त्यसैले कमला र म बन्दुकसम्बन्धी कानुन पारित गर्न पाउँदा गर्व गर्छौं । अब बन्दुकमाथि प्रतिबन्ध लगाउने बेला आएको छ ।'
उनले आफ्नो पार्टीका लागि सबैभन्दा चुनौतीपूर्ण विषय गाजा–इजरायल युद्ध भएको बताए । उनले यस विषयमा आन्दोलन गरिरहेका जनताका लागि आफ्नो कुराको पनि औचित्य रहेको बताए । बाइडेनले दुवै पक्षबाट धेरै निर्दोष मानिस मारिएको उल्लेख गरेका थिए ।
आजदेखि शुरु भएको डेमोक्रेटको नेशनल कन्भेन्सनमा पार्टीका पुर्व नेताहरु, पूर्व राष्ट्रपतिहरूले सम्बोधन गर्ने भएका छन् । यस कन्भेन्सनले कमला ह्यारिसलाई डेमोक्रेटको तर्फबाट राष्ट्रपतिको उम्मेदवारको औपचारिक चयन गर्ने छ ।

जब मस्कले ह्वाइट हाउसमा अनुमति बिना नै स्टारलिंकको वाईफाई जोडिदिए...
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_Lc2usOgK8a_wqcv9gac6mzxq3eyaduutyvpnxnfkjevwzfzy5ar7phhmx0tjdxaygmvvfgd_Z7raxoUJFh_hn7oblycfptpqc3wyekj4albllgtmjsp1ryfkczgognj0kohyjwf7emrxlay_7NI7z4xEvO_fh6qzrol7balqjjv2wkiy88lgmusvugxlacorzophrrvpkvyh2xqfxkmtq1p.jpg)
कोलम्बियामा राष्ट्रपतिका उम्मेदवारमाथि गोली प्रहार

गाजामा थाइ बन्धकको मृत शरीर फेला, थाइल्याण्डद्वारा दुःख व्यक्त

'अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध'

अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान

‘एप्स्टिनको फाइलमा’ ट्रम्पको नाम पनि रहेको दाबी गरिएको मस्कको पोस्ट हटाइयो

प्रतिक्रिया