कोटीहोममा प्रहरी प्रशासन पठाएर सरकारले निन्दनीय काम गर्यो - भारतीय धर्मगुरु कालीबाबा

काठमाडौँ - भारतीय धर्म गुरु कालीबाबाले पशुपतिमा सञ्चालित कोटीहोममा प्रहरी प्रशासन पठाएर सरकारले निन्दनीय काम गरेको बताएका छन् । उनले कोटीहोमको अन्तिम दिन संकल्पकर्ता विजय कृष्णमुर्तिलाई प्रहरी लगाएर आक्रमण गर्नु निन्दनीय भएको बताएका हुन् ।
उनले कृष्णमुर्तिले गल्ती नै गरेको भए कोटीहोम सकिएपछि समातेको भए हुने तर कोटीहोममै गएर जे गरियो त्यो राम्रो नभएको बताए ।
आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले भने, 'राति साढे १० बजे प्रहरीले आक्रमण गर्यो, यदि उहाँ डकैत क्रिमिनल हुनुहुन्थ्यो र उहाँले गल्ती नै गरेको थियो भने उहाँ देश छाडेर भागेर जानुहुन्थ्यो उहाँलाई दुई दिनपछि पनि समाउन सकिन्थ्यो । यो एकदमै नराम्रो काम भएकाले सरकार र पुलिसकर्मी दुवैले सोच्नुपर्ने उनले बताए ।' उनले सरकारले गरेकाे याे कार्यको जिम्मा लिनुपर्ने बताए ।
यो धर्म सम्राटको देश हो, पशुपति नाथको देश हो, यस्तो महान् राष्ट्रमा केही नेताहरूले आफ्नो स्वार्थका लागि धर्म निरपेक्ष बनाएको उनले बताए । यसलाई फिर्ता गर्न आग्रह गर्दै उनले यदि हिन्दुराज्य नभए आन्दोलन हुने चेतावनी दिए । नेताहरूका कारण देश जर्जर भएको उनको भनाइ थियो ।
काेटीहोमकाे अन्तिम दिन काठमाडौँ आएका कालीबाबा आजै भारत प्रस्थान गरेका छन् ।

मनसुनमा पुदिनाको चिया पिउनुका हुनेछ धेरै फाइदाहरू

राशिफलमा यस्तो छ तपाईंको भाग्य

पैँतीस प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

चितवनमा दुर्लभ पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लू’

थारु समुदायका महिला ‘भेंम्टी’ खोज्न व्यस्त

आँप धेरै खाएमा आउनेछ डन्डिफोर र देखिनेछ अनुहारमा दाग

अब अनलाइन दर्ता र नवीकरण प्रशासन कार्यालयबाट हुने

प्रतिक्रिया