साफ यू-२० च्याम्पियनसिप : आज बंगलादेश र श्रीलंका भिड्दै

काठमाडौँ- काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समुह 'ए' अन्तर्गत बंगलादेश र श्रीलंका खेल्दै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल दिउँसो ३ बजेदेखि शुरु हुँदैछ ।
आइतबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा समुह 'ए' मा रहेको नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको थियो भने सोमबार भएको समुह 'बी'को खेलमा भारतले भुटानलाई १-० गोलले पराजित गरेको थियो ।
समुह 'ए' मा पहिलो खेलमा नेपालसँग पराजित भएको श्रीलंका सेमिफाइनलमा पुग्न यो खेल जित्नैपर्ने अवस्थामा रहेको छ भने बंगलादेशले आफ्नो पहिलो खेल खेल्दै छ ।
नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह 'ए' बंगलादेश र श्रीलंकासँग रहेको छ भने समुह 'बी' मा भारत, भुटान र माल्दिभ्स रहेका छन् ।
त्यस्तै नेपालले भने समुह चरणको अर्को खेल बिहीबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया