सरकारका सर्त पालना गर्ने टिकटकको प्रतिबद्धता

काठमाडौँ- सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । टिकटकले पत्र लेख्दै सरकारले राखेका सर्तहरूको पालना गर्ने प्रतिबद्धता जनाएपछि सरकार प्रतिबन्ध फुकुवाको तयारीमा लागेको हो ।
यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० को कात्तिक २७ मा टिकटकले सामाजिक सामाजिक मर्यादा बिथोलेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
अब अहिले टिकटकले पत्र लेखेर नेपालका सबै कानुन र सर्त मान्ने लिखित प्रतिबद्धता जनाएपछि प्रतिबन्ध फुकुवाको तयारी शुरु भएको सञ्चार मन्त्रालय सम्बद्ध स्रोतले जानकारी दिएको छ ।
चीन सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउन पटक पटक विभिन्न तहबाट दबाब दिँदै आएको छ । सञ्चार मन्त्रालय स्रोतले टिकटकले लिखित प्रतिबद्धता जनाएपनि यसको नियमन कसरी गर्ने भन्ने विषय छलफलमा रहेको बताएको छ ।
टिकटकमा प्रतिबन्ध लगाउँदा तत्कालीन प्रधानमन्त्री प्रचण्डले कांग्रेस एमालेलाई विश्वासमा लिएर गरेका कारण अहिले फुकुवा गर्दा समेत प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र माओवादी केन्द्रलाई समेत विश्वासमा लिनुपर्ने समेत बताइएको छ ।
टिकटक प्रतिबन्धपछि सर्वोच्च अदालतमा मुद्धाहरु समेत दायर भएका छन् र सुनुवाइको क्रममा रहेका छन् ।

बुढानिलकण्ठमा सम्यक स्कूल सञ्चालनमा, गुणस्तरीय शिक्षाका लागि नयाँ विकल्प

एन–प्याब्सनद्वारा शिक्षक आन्दोलनप्रति ध्यानाकर्षण, सरकारलाई संवादको वातावरण सिर्ज…

थानपती आधारभूत विद्यालयले शैक्षिक सुधारका लागि अक्षयकोष स्थापना

तनहुँमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक आइपुग्यो

म्याग्दीमा शैक्षिक सत्र अगावै पुस्तक

आन्दोलनरत शिक्षकलाई शिक्षा मन्त्रालयले बोलायो वार्तामा

आजबाट शिक्षक महासंघ पुनः सडक आन्दोलनमा

प्रतिक्रिया