गाजा युद्धविरामका लागि प्रयास जारी, अमेरिकी विदेशमन्त्री इजिप्ट प्रस्थान

गाजा - अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजिप्टतर्फ प्रस्थान गरेका छन् । मंगलबार उनी गाजा युद्धविरामका लागि वार्ता गर्न इजिप्टतर्फ प्रस्थान गरेका हुन् । सोही वार्ता पश्चात उनी कतार जाने छन् । कतारले इजिप्टसँग मिलेर १० महिना लामो गाजा द्वन्द्वमा युद्धविरामका लागि वार्ताको मध्यस्थता गरिरहेको छ ।
उनले सोमबार जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग भेट गरेका थिए । इजरायली किबुट्ज समुदायले गाजामा बन्धक बनाइएका ७९ वर्षीय अव्राहम मुन्दरको मृत्यु भएको घोषणा गरेसँगै उनी तेल अभिभबाट इजिप्टतर्फ गएका हुन् ।
मुन्दरले महिनौँसम्म शारीरिक र मानसिक यातना भोगेको दावी गर्दै किब्बुट्ज समुदायले उनको मृत्युलाई ‘हत्या’ को संज्ञा दिएको छ । उनको अपहरणमा संलग्न हमासले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
सन् १९४२ मा दोस्रो विश्वयुद्धका लागि प्रसिद्ध भूमध्यसागरीय शहर एल अलामिनमा इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसीसँग उनको ग्रीष्मकालीन दरबारमा कुराकानी गर्न अमेरिकी उच्च कूटनीतिज्ञ इजिप्ट गएको हो ।
अल–सिसीसँगको भेटपछि उनी कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग दोहामा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
दोहा वार्तामा संयुक्त राज्य अमेरिकाले इजरायल र हमासबीचको खाडल कम गर्न राष्ट्रपति जो बाइडनले मे ३१ मा तयार पारेको युद्धविरामको खाकामा हस्ताक्षर गर्न प्रस्ताव प्रस्तुत गरेको थियो ।
ब्लिन्केनले इजरायलले अमेरिकी प्रस्ताव स्वीकार गरेको र अमेरिकासँग प्रत्यक्ष सम्बन्ध नराख्ने हमासको प्रतिक्रिया बुझ्न इजिप्ट र कतारसँग कुरा गर्ने बताएका छन् ।
ब्लिन्केनले सोमबार तेल अभिभमा भने, “यस क्षेत्रको शान्तिका लागि जतिसक्दो छिटो वार्ता हुनु र सम्झौता हुनु आवश्यक छ ।”
“संयुक्त राज्य अमेरिका यस कामका लागि गम्भीर र प्रतिवद्ध रहेको छ,” उनले भने ।
ब्लिन्केनले सोमबार युद्धविराम प्रस्ताव ‘अन्तिम मौका’ हुन सक्ने बताएका थिए ।
उनले हमासले पछिल्लो प्रस्तावमा गरिएको संशोधनलाई सार्वजनिक रूपमा अस्वीकार गरेको र इजरायल यसै हप्ताको अन्त्यमा कायरोमा हुने बताएको नयाँ वार्तामा एक प्रतिनिधिमण्डल पठाउन तयार रहेको बताएका छन् ।
यद्यपि, हालैका वार्तामा इजरायलले हमासबाट कब्जा गरेको इजिप्टसँगको गाजा सीमा नियन्त्रणमा जोड दिनेलगायत नयाँ शर्तहरू उठाएको रिपोर्टहरू आएका छन् । हमासले इजरायलले एकपछि अर्को सर्त थप्दै गएको भन्दै यसरी वार्ता अघि बढ्न नसक्ने बताएको छ ।

जब मस्कले ह्वाइट हाउसमा अनुमति बिना नै स्टारलिंकको वाईफाई जोडिदिए...
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_Lc2usOgK8a_wqcv9gac6mzxq3eyaduutyvpnxnfkjevwzfzy5ar7phhmx0tjdxaygmvvfgd_Z7raxoUJFh_hn7oblycfptpqc3wyekj4albllgtmjsp1ryfkczgognj0kohyjwf7emrxlay_7NI7z4xEvO_fh6qzrol7balqjjv2wkiy88lgmusvugxlacorzophrrvpkvyh2xqfxkmtq1p.jpg)
कोलम्बियामा राष्ट्रपतिका उम्मेदवारमाथि गोली प्रहार

गाजामा थाइ बन्धकको मृत शरीर फेला, थाइल्याण्डद्वारा दुःख व्यक्त

'अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध'

अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान

‘एप्स्टिनको फाइलमा’ ट्रम्पको नाम पनि रहेको दाबी गरिएको मस्कको पोस्ट हटाइयो

प्रतिक्रिया