नेपाल साफ यू–२० च्याम्पियनसिपको सेमिफाइलनमा प्रवेश

काठमाडौँ - घरेलु टोली नेपाल साफ यू–२० च्याम्पियनसिपको सेमिफाइलनमा पुगेको छ ।
मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गरेसँगै नेपाल समूह चरणको एक खेल अगावै साफ यू–२० च्याम्पियनसिपको सेमिफाइलनमा पुगेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेको थियो ।
श्रीलंका पहिलो खेलमा नेपालसँग पराजित भएको थियो । दुवै खेलमा पराजित भएसँगै श्रीलंका समूह ए बाट अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले आफ्नो समूहको दोस्रो खेल भाद्र ६ गते बंगलादेशसँग खेल्नेछ ।
६ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल समूह ए मा छ । समूह ए मा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन् । समूह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया