नतिजा प्रकाशन भएको मितिले एक वर्षसम्म सच्याउनु पर्ने मार्कसिटमा शुल्क नलाग्ने

काठमाडौँ- नतिजा प्रकाशन भएको मितिले एक वर्षसम्म सच्याउनु पर्ने मार्कसिटमा शुल्क नलाग्ने भएको छ । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले आज एक सूचना जारी गर्दै यस्तो बताएको हो ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा अध्ययन गरी तोकिएको तह र वर्षको सबै परीक्षा उत्तीर्ण भई ट्रान्सक्रिप्टका लागि आवेदन दिएका तर विद्यार्थीले पेस गरेको कागजात तथा अभिलेखमा एकरूपता नदेखिएका कारण आफ्नो ट्रान्सक्रिप्ट पाउन नसकेका विद्यार्थीहरूले नियमानुसर लाग्ने शुल्कको बैंक भौचर पेस गर्नुपर्ने बताइएको छ ।
सूचनामा भनिएको छ, 'त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा अध्ययन गरी तोकिएको तह र वर्षको सबै परीक्षा उत्तीर्ण भई ट्रान्सक्रिप्टका लागि आवेदन दिएका तर विद्यार्थीले पेस गरेको कागजात तथा अभिलेखमा एकरूपता नदेखिएका कारण आफ्नो ट्रान्सक्रिप्ट पाउन नसकेका विद्यार्थीहरूले नियमानुसर लाग्ने शुल्कको बैंक भौचरसहित देहाय बमोजिमका कागजातहरू संलग्न गरी सम्बन्धित गोप्य शाखामा ७ दिनभित्र निवेदन दिनु भई हालसम्म पेन्डिङ्गमा रहेका निवेदनहरूको फरफारक गर्न सहजीकरण गर्नु गराउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।'
साथै यसका लागि आवश्यक पर्ने कागजातहरूमा रजिष्ट्रेशन कार्डको प्रतिलिपि, सबै वर्ष तथा सेमेष्टरको सक्कल प्रवेश पत्रहरू तथा सक्कल मार्कसिट र क्याम्पस र सम्बन्धित क्षे.प.नि.का. को सिफारिस पत्र तथा आवश्यकता अनुसार नागरिकताको प्रतिलिपि पेस गर्नु पर्ने पनिकाले जनाएको छ ।
सूचनामार्फत ट्रान्सक्रिप्टका लागि आवेदन फाराम भर्ने सम्बन्धी व्यवस्थाबारे पनि जानकारी उल्लेख गरिएको छ ।
हेरौँ सूचना:

बुढानिलकण्ठमा सम्यक स्कूल सञ्चालनमा, गुणस्तरीय शिक्षाका लागि नयाँ विकल्प

एन–प्याब्सनद्वारा शिक्षक आन्दोलनप्रति ध्यानाकर्षण, सरकारलाई संवादको वातावरण सिर्ज…

थानपती आधारभूत विद्यालयले शैक्षिक सुधारका लागि अक्षयकोष स्थापना

तनहुँमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक आइपुग्यो

म्याग्दीमा शैक्षिक सत्र अगावै पुस्तक

आन्दोलनरत शिक्षकलाई शिक्षा मन्त्रालयले बोलायो वार्तामा

आजबाट शिक्षक महासंघ पुनः सडक आन्दोलनमा

प्रतिक्रिया