यस्तो छ माओवादीको प्रदेश परामर्श बैठकको तालिका

काठमाडौँ- नेकपा माओवादी केन्द्रको प्रदेश परामर्श बैठक आजदेखि शुरु भएको छ । माओवादी केन्द्रको यसअघि साउनमा बसेको पदाधिकारी बैठकले गरेको निर्णय अनुसार केन्द्रीय समिति बैठक अघि प्रदेश परामर्श बैठक गर्न लागेको हो ।
आज र भोलि बागमती प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक शुरु भएको छ ।
त्यस्तै उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ७ र ८ गते बस्ने छ ।
त्यसैगरी गण्डकी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ९ र १० गते बस्ने छ भने सुदूपश्चिम प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १२ र १३ गते बस्ने भएको छ ।
त्यसैगरी कर्णाली प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १४ र १५ गते बस्ने छ भने लुम्बिनी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १६ र १७ गते बस्ने भएको छ ।
त्यसपछि भाद्र १८ र १९ गते तीन वटै केन्द्रीय आयोगका सदस्यहरूको बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया