गाजा आक्रमणका क्रममा १७० पत्रकारको मृत्यु

काठमाडौँ - गत अक्टोबर–७ मा गाजा पट्टीमा इजरायली आक्रमण सुरु भएदेखि शहीद भएका पत्रकारहरूको सङ्ख्या १७० पुगेको छ ।
गाजाको सरकारी मिडिया कार्यालयले जारी गरेको विज्ञप्तिमा गाजा शहरको मुस्तफा हफेज विद्यालयलाई निशाना बनाई गरिएको आक्रमणमा पत्रकार हम्जा अब्दुल रहमान मुर्तजाको शहादतपछि मृत्यु भएका पत्रकारहरूको सङ्ख्या १७० पुगेको उल्लेख छ ।
विज्ञप्तिमा विश्वव्यापी पत्रकारिताको क्षेत्रमा अन्तर्राष्ट्रिय इजरायली कब्जालाई रोकी अपराधका लागि अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलाउन र पत्रकारको हत्या र अपराध रोक्न दबाब दिन आह्वान गरिएको छ ।
इजरायली कब्जामा रहेको विमानले मङ्लबार गाजामा सयौँ विस्थापितलाई आश्रय दिँदै एक विद्यालयमा बम प्रहार गरेको थियो । जसमा अधिकांश महिला तथा बालबालिकासहित १२ जना प्यालेस्टिनीहरू मारिएका थिए भने दर्जनौं घाइते भएका थिए ।
गाजा आक्रमणको १० महिनाभन्दा बढी समयदेखि जारी छ । युद्धका कारण परिणामस्वरूप दशौँ हजार शहीद, घाइते र बेपत्ता छन्, आक्रमणले पूर्वाधार र महत्त्वपूर्ण सुविधाहरूको विनाश गरेको छ । निरन्तरको आक्रमणले गाजामा खाना, पानी, औषधि र ईन्धनलगायतको आपूर्ति अवरुद्ध भएको कारण गाजापट्टीमा अकल्पनीय मानवीय संकट निम्त्याएको छ ।

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर विवादको १०० वर्षको संघर्ष, अहिलेसम्म…

गतवर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता

संयुक्त राष्ट्रसङ्घले बेलायतलाई ‘प्यालेस्टाइन एक्सन’ माथिको प्रतिबन्ध पुनर्विचार ग…

इन्डोनेसियामा पछिल्ला बीस वर्षयताकै सबैभन्दा कम गरिबी दर

अमेरिकामा तलब वृद्धिको लाभ उच्च–आय वर्गमा सीमित : अध्ययन

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

प्रतिक्रिया