भ्रष्टाचार निवारण विधेयक छिटो पास गर्न गृहमन्त्री लेखकको आग्रह

काठमाडौँ - गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण सम्बन्धी ऐन २०५९ लाई संशोधन विधयेकलाई छिटो पारित गर्न आग्रह गरेकाे छ ।
बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा उक्त विधेयकमाथिको छलफलका क्रममा मन्त्री लेखकले विधेयकमा रहेका धेरै विषयमा सहमति जुटिसकेकाले समितिबाट छिटो पारित गर्ने वातावरण बनाउन आग्रह गरेका हुन् ।
मन्त्री लेखकले धेरै विषय छलफलका क्रममा पहिचान भइसकेकाले पहिचान भएका विषयमा केन्द्रित दफावार छलफल गरी निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए । उनले छलफलका क्रममा सरकारले आफ्नो धारणा र विषयहरू राखेपनि अन्तिम निर्णय गर्ने अधिकार समितिकै भएको बताए । हदम्यादको कुरो गम्भीरताका साथ उठेको बताउँदै उनले स्वार्थ बाझिएको विषयमा स्पष्टताका साथ अघि बढ्नुपर्ने धारणा राखे ।
उनले यसअघि सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले भ्रष्टाचार वा अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार वा अनुचित कार्य गरेमा अख्तियार क्षेत्राधिकारभित्र राखिएको भएपनि अहिले संविधानमा भ्रष्टाचारको विषय मात्रै उल्लेख भएको जिकिर गरे । यस्तो अवस्थामा अनुचित कार्यको विषयलाई कसरी हेर्ने भन्ने प्रश्न उठेको उनले बताए ।

भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन हुनुपर्छः सचेतक पाण्डे

माधव नेपालको टिप्पणी प्रतिशोधपूर्ण अभिव्यक्तिः सचेतक बर्तौला

अख्तियारले पठायो माधव नेपालको पत्र संसद सचिवालयमा

सार्वजनिक संस्थानः १५ घाटामा, दुई बन्द

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

प्रतिक्रिया