राजनीतिक दलले निर्वाचनमा भाग नलिने भन्ने कुरै हुँदैन - सभापति लामिछाने
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीले आउँदो स्थानीय तहको उपनिर्वाचनमा सक्रिय रूपमा भाग लिने निर्णय गरेको छ। बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले पार्टीभित्र चुनावी रणनीति तय गर्न प्रारम्भिक छलफल सुरु भएको जानकारी दिए।
लामिछानेले भने, "राजनीतिक दलले निर्वाचनमा भाग नलिने भन्ने कुरै हुँदैन। कुन ढंगले अघि बढ्ने भनेर छलफल गर्दैछौँ। हामी चुनावमा कसरी जाने भन्ने विषयमा थप छलफल गरेर अन्तिम निर्णयमा पुग्नेछौँ।"
देशभरका ३४ स्थानमा रिक्त रहेका नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, र वडा अध्यक्ष पदहरूका लागि उपनिर्वाचन हुन लागेको छ। निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न सूचना आह्वान गरिसकेको छ भने सरकारले चाँडै उपनिर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको छ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया