उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पहल भइरहेको छ : उपप्रधानमन्त्री सिंह
काठमाडौँ - उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पहल भइरहेको बताएका छन् ।
बुधबार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार पत्रकारसँगको छलफलका क्रममा स्थानीय तहसँग आवश्यक समन्वय गर्दै उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पहल भइरहेको बताएका हुन्।
उनले करिडोर नजिकको बस्तीमा डुवानको समस्या समाधानका लागि पनि सम्बन्धित निकायसँग छलफल भइरहको जानकारी दिए । सरकारले अहिले नीति निर्माणमा बढी जोड दिइरहेको उनले बताए । सिंहले मन्त्रालयले गरेका कुराहरुलाई तथ्यका आधारमा समाचार सम्प्रेषण गर्न आग्रह गरे । आफूले मन्त्रालय सम्हालेपछि सबै निकायसँगको छलफलका आधारका कामहरूलाई अघि बढाइएको उनले बताए ।
त्यस्तै उनले सरकारको सय दिनभित्रै धरहरा चढ्न मिल्ने गरि बन्दो वस्ती मिलाउन लागिएको पनि जानकारी दिए । उपप्रधानमन्त्री सिंहले उहाँले यसअघि सरकार अस्थिर हुँदा प्रक्रियामा ढिलाई भएको भन्दै अहिले संसदकै दुई ठूला दल मिलेर सरकार बनेकाले नयाँ शहरहरूलाई पनि सुरक्षित र व्यवस्थित गर्दै लैजाने प्रक्रियाले अब गति लिने बताए ।

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छः महामन्त्री थापा
रास्वपाको हस्ताक्षर अभियान एकसय दिन चल्ने

एमाले सचिवालय बैठक सुरू

'श्रम र उत्पादनमा वाइसिएल अभियान' पार्टीले अघि सारेको 'उत्पादन ब्रिगेड'को निर…

एमाले सचिवालय बैठक बस्दै, विधान मस्यौदामा प्रारम्भिक छलफल हुने

प्रकाशमान सिंहको पहलपछि बबरमहल र मिनभवनमा लिफ्टसहितको आकाशेपुल बन्दै

प्रतिक्रिया