आइतबार ०७ बैशाख, २०८२
Sunday, April 20, 2025

कुमारी सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालक सूर्यध्वज न्यौपानेसँग सोधपुछ

फाइल फाेटाे

काठमाडौँ - सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले कुमारी सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालकसंग सोधपुछ गरेको छ । 

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले कुमारी सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालक सूर्यध्वज न्यौपानेसँग सोधपुछ गरेको हो । काठमाडौंको चावहिलस्थित मित्रपार्कमा अवस्थित कुमारी सहकारी यसअघि समस्याग्रस्त घोषणा गरिएको थियो ।

त्यस्तै बुधबार नै समितिले सोसाइटल बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक रामचन्द्र शर्मासँग पनि बयान लिएको छ । सोसाइटल सहकारी छानबिन समितिको कार्यादेशको अनुसूचीको ११ औं नम्बरमा रहेको छ ।​

बिज्ञदेखि सरोकारवाला तथा सहकारी ठगीमा संलग्नहरूसँग छलफल गरेको समितिले प्रतिवेदन लेखनको कार्य पनि अघि बढाएको छ ।

गत जेठ १५ गते गठन भएको समितिलाई सहकारीमा जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिहरूलाई कानुन बमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने कार्यादेश रहेको छ ।