आवश्यक बन्दोबस्त मिलाएर धरहरा खुला गर्ने गरी काम भइरहेको छ : उपप्रधानमन्त्री सिंह
काठमाडौँ - उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आम सर्वसाधारणका लागि छिटै धरहरा खुला गर्ने गरि तयारी गरिररहेको बताएका छन् ।
बुधबार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार पत्रकारहरूको धरहरा सम्बन्धी जिज्ञासामा उपप्रधानमन्त्री सिंहले सरकारको सय दिनभित्रै धरहरा चढ्न मिल्ने गरि बन्दोबस्त मिलाउन लागिएको बताए ।
उपप्रधानमन्त्री सिंहले धरहराको सबै काम नसकिए पनि धरहरा चढ्न चाहनेहरूका लागि आवश्यक बन्दोबस्त भने छिटै हुने उनको भनाई थियो । ‘ धरहरा चढ्न चाहनेहरूका लागि सरकारले एक सय दिनभित्रै केही व्यवस्था गर्न लागिरहेको छ । धरहराको सबै होइन केही भाग खुला गर्नका लागि हामी लागिरहेका छौं,’ उपप्रधानमन्त्री सिंहले भने ।
त्यस्तै नयाँ शहरका सम्बन्धमा पत्रकारहरूको जिज्ञासामा उपप्रधानमन्त्री सिंहले उहाँले यसअघि सरकार अस्थिर हुँदा प्रक्रियामा ढिलाई भएको भन्दै अहिले संसदकै दुई ठूला दल मिलेर सरकार बनेकाले नयाँ शहरहरूलाई पनि सुरक्षित र व्यवस्थित गर्दै लैजाने प्रक्रियाले अब गति लिने बताए ।
काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनका लागि पनि मन्त्रालयले स्थानीय तहसँग आवश्यक छलफल गरिरहेको उनले बताए । सरकारले अहिले नीति निर्माणमा बढी जोड दिइरहेको उपप्रधानमन्त्री सिंहको भनाई थियो ।

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_NWQVQHpU1d_tevryzbekhhtpnvfpgtzkcxclzgpyoflyull0ugwditbfseqiya6ztaydpu9.jpg)
प्रतिक्रिया