नेपाल संगीत उद्योग संघमा प्रहरीको छापा

काठमाडौँ - नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौँको अनामनगरस्थित नेपाल सङ्गीत उद्योग संघको कार्यालयमा आज छापा मारेको छ ।
आज ब्यूरोको टोलीले संघको कार्यालयमा छापा मारी केही कागजात तथा कम्प्युटरको ‘हाडडिक्स’ बरामद गरेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
उनले भने, “तीनदेखि संघको कार्यालय बन्द थियो, आज खुलेपछि हाम्रो टोलीले त्यहाँबाट माइनुटबुक, लेटरप्याड र कम्प्युटरको हाडडिक्स बरामद गरी ल्याएका छौँ ।” नक्कली कागजात बनाएर मानिसलाई विदेश पठाउने गरेको सूचनाका आधारमा ब्यूरोले आज छापा मारेको प्रवक्ता मिश्रले बताए ।
“नक्कली कागजात बनाएर मानिसलाई विदेश पठाउने गरेको सूचना पाएका छौँ”, उनले भने, “सोही विषयमा छानबिन गर्न आज छापा मारेर सङ्गीत उद्योग संघका पदाधिकारीको रोहबरमा कागजपत्र नियन्त्रणमा लिएका छौँ ।”

थारु समुदायका महिला ‘भेंम्टी’ खोज्न व्यस्त

आँप धेरै खाएमा आउनेछ डन्डिफोर र देखिनेछ अनुहारमा दाग

अब अनलाइन दर्ता र नवीकरण प्रशासन कार्यालयबाट हुने

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

शर्मिला वाइबा पक्राउ

पोखरामा लागुऔषध कारोबारी बढ्दै

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

प्रतिक्रिया